नराम्रो लागेको थियो । जब तिम्ले , `म तिम्रो हुन सक्दिन । अब मलाई बिर्सी देउ । ´ भनेर गएकी थियौ । खुब रोएको थिए । बच्चा जस्तै । पीडाहरु खप्न नसकेर रोएको थिए । जताततै निस्पट अन्धकार । कालो - कालो । श्वास रोकिए जस्तो । लाग्थ्यो , अब मेरो जिन्दगीको कुनै सार छैन ? एउटा बोझिलो जीवन । बाचे । खै ? कसरी बाचे । अझै पनि । स्मृतिका पानाहरु पल्टाउदा । मन भरिएर आउँछ । * * म सङ्ग एकै छिन नबोली रहन नसक्ने मान्छे । कसरी रहन सक्यो ? म बिना । त्यो त म कल्पना मात्र गर्न सक्छु । मोबाइलको रिङ्ग बज्दा , म्यासेज बक्समा म्यासेज आउदा , फेसबुक च्याटमा । तिम्रै आश रहन्थ्यो । र गर्थे पनि । घण्टौ फोन , म्यासेज मा बोलेर । जब म , ` अब फोन राखौ है । ´ भन्थे । तिमी भन्थ्यौ , ` बोल्न पनि न खोज्ने ।´ मेरो के लागोस । सारा काम थाती राख्दै । बोल्थे । * * खै ? कहाँ आएर चुक्यौ हामी । बर्शौ को लगन र परिश्रम ले हुर्काएको सम्बन्ध । क्षण भर मै भताभुङ्ग भयो कसरी ? जब तिम्ले हाम्रो ब्रेक अप भएको घोषण...