अम्बिका चन्द / असार २६ :
असार २७ गतेको लागि आह्वान गरिएको एक दिने नेपाल बन्द सफल बनाउनको लागि
नेकपाले सबैसँग अपिल गरेको छ । आफ्ना नेता तथा कार्यकर्ताहरुलाई विनाकारण
पक्राउ गरी बन्दी बनाइएको विरोधमा सो पार्टीले एकदिने नेपालबन्दको घोषणा
गरेको हो । साथै केन्द्रीय सदस्यद्वय सन्देश पौडेल र सन्तकुमार
लिम्बुलगायतहरुलाई पक्राउ गरी बन्दी बनाइएको भन्दै तत्काल विनाशर्त रिहाईको
माग पनि गरेको छ । यसैबीच नेकपाका दाङ्ग सेक्रेटरी सविनले एक प्रेस
विज्ञप्ति जारी गर्दै भोलिको बन्द सफल बनाउनको लागि यातायात व्यावसायी,
उद्योगी व्यापारी, आम जनसमुदायसँग अपिल गर्नु भएको छ । यसैगरी रुपन्देहीका
सेक्रेटरी शरद ओलीले पनि एक विज्ञप्ती जारी गर्दै बन्द सफल बनाउनका लागि
सहयोगको लागि सबैसग अपिल गर्नु भएको छ । यस्तै लुम्बिनी ब्युरो इन्चार्ज
वीरजङ्गले पनि सबैसँग बन्दको कार्यक्रम सफल पार्नको लागि सबैमा अपिल गर्नु
भएको छ । पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज आधारले पनि राज्यको दमनकारी
नीतिका विरुद्ध बन्द आह्वान गरिएको भन्दै सफल पार्न सहयोगको लागि सबैसँग
अपिल गर्नु भएको छ । यस्तै नेकपा ओखलढुंगाले पनि बन्द सफल बनाउनको लागि
सबैसँग अपिल गरेको छ । देशभरी नै नेकपाका विभिन्न तहका संगठनहरुले
विज्ञप्ति जारी गर्दै बन्द सफल पार्न सबैमा आग्रह गरेको छ ।
जीतपुरमा २५ ओटा सीसी कैमरा जाडन हुँदै। कैमरा राख्न का निम्ति उधोगबाणिज्य संघ,जितपुर सिमरानगरपालिका लगायत विभिन्न उद्योग कलकरखना एबम जितपुरबासीबाट सहयोग भई जीतपुर बासीको सुरक्षाको निम्ति हो। यस ठाउँ मा सीसी कैमरा www.cctvnepal.com.np.p.ltd बाट जाडन भएको हो यस कंपनी ले hetauda, सिमरा र बीरगंज मा पनी जाडन भइसकेको छ।

Comments
Post a Comment