खै ! खै ! बाजे यो महिला सिट हो। ए ! ए ! माफ पाऊ नानी भन्दै बाजे उठेपछि....
म बुटवल को मान्छे काठमाडौ को सडकमा गाडिभित्र उभिएर यात्रा गर्दै थिए, सुनेको थिए यहा निएम अलि कडा रुपमा लागू हुन्छ अन्त भन्दा ।
एक बृद्ध बुवा (त्यस्तै 70-75 बर्ष ) को गाडिमा प्रवेश भयो । गडिमा केहि मान्छे उभिएका थिए । ड्राइभरको पछाडी माथिल्लो लहरमा एउटा सिट खाली थियो । खाली सिट देखेर उहाँ त्यस सिटमा बस्नु भयो । सिटको माथी महिला सिट लेखिएको थियो ।
अरु महिला- तथा बृद्ध लेखिएको सिटमा अरु महिलाहरु बसेका थिए । एकैछीन उहाँ त्यही सिटमा बस्नु भयो ।त्यसपछि दुइजना महिला त्यस्तै २०-२१ बर्सका जति थिए होलान उनिहरुको प्रबेस भयो गाडी भित्र ।
गाडिका सहचालकले बृद्ध बुवातिर सङ्केत गर्दै केही भने-
”बुवा त्यो महिला सिट हो त्यहा नबस्नुस यिनिहरुलाई छोड्दिनुस”
त्यस लगतै उहा ‘ए ल’ भन्दै एउटा हात खुट्टाको घोडामा अर्को गाडिको झ्यालमा समाती त्यस सिटबाट उठ्नु भयो । ती महिला हरु ले सहचालक ले भनेको कुरा सुनेका थिए । बुवा उठ्ने बित्तिकै थ्याङ्क यु अङ्कल भन्दै बसे ।
अरु गाडिको सिट खाली थिएन उहा एकैछिन उभिनु भयो ।
पछाडी एक जना दाजु सङ मेरो कुरकानी भयो त्यस्पछी दाजु उठेर बुवालाई पछाडी बोलाउनु भयो भिडभाड भएको कारणल उहालाई अलि अप्ठ्यारो भयो पछाडी आउन ।
मलाइ थाहा छैन यो कस्तो नियम हो ? कसको लागि ल्याइएको हो ? किन ल्याइएको हो ? तर यो भन्न सक्छु कि एस्तो अवस्था सिर्जना गर्न ल्याइएको हैन ।
मैले बुझ्न सकिन आखिर यहा गल्ती कस्को छ – सिस्टम को ? या गाडी व्यसाहिको को ? या यात्रु हरुको या बृद्ध को? या महिलाको ? एउटाको त पक्कै पनि छ ।
Comments
Post a Comment