Skip to main content

Mero Bhanu ko chha ra || New Cover video song 2020

पहिरोले लार्चाको पुल बगायो, भोटेकोशी थुनिने जोखिम

९ साउन, सिन्धुपाल्चोक ।

अविरल वर्षाको कारण दुगुनामा गएको पहिरोले भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल पुर्ण रुपमा भत्काएको छ । पहिरोका कारण दुगुनाको डाँडा भास्सिएको छ र त्यसतलको लार्चाको पुल पनि पूरै भास्सिएको छ ।
गत असार २१ मा भोटेकोशीमा आएको पहिरोले क्षति पुगेको लार्चा पुल अहिले भने पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
‘पहिरोको ढिस्को भोटेकोसीमा परिरहेको छ, यसले भोटेकोसी थुनिएर बाढी आउने जोखिम बढेको छ’, सीमास्थित सशस्त्र प्रहरी बलका डीएसपी बिमल डाँगीले भने, ‘ लार्चाको पुल पूरा ध्वस्त भइसकेको छ, अझै वर्षा र पहिरो रोकिएको छैन
वर्षाका कारण दुगुनाको भीरबाट माटो खसिरहेको उनले बताए । जसका कारण कोदारी राजमार्गमा समेत क्षति पुगेको छ ।
कोदारी राजमार्गका दर्जनौ स्थानमा पहिरो खसिरहेको बेला थप लार्चा पुल भास्सिएपछि स्थानीयमा त्रास फैलिएको छ । ‘नदी आसपासका सबै स्थानीयमा त्रास बढ्दै गएको छ ,’ उनले भने ।
भोटेकोशी हाइड्रो पावरको क्षतिग्रस्त ड्यामका कारण जोखिम झन् बढेको स्थानीयको भनाइ छ ।
लार्चाका स्थानीय पदम श्रेष्ठका अनुसार त्रासका कारण स्थानीय निदाउन सकेका छैनन् । पहिरोले पुल भासिएपछि स्थानीयमा डर बढेको उनले बताए ।

Comments

Popular posts from this blog

जीतपुरमा सीसी कैमरा जाडन हुँदै

जीतपुरमा २५ ओटा सीसी कैमरा जाडन हुँदै। कैमरा राख्न का निम्ति उधोगबाणिज्य संघ,जितपुर सिमरानगरपालिका लगायत विभिन्न उद्योग कलकरखना एबम जितपुरबासीबाट सहयोग भई जीतपुर बासीको सुरक्षाको  निम्ति  हो। यस ठाउँ मा सीसी कैमरा www.cctvnepal.com.np.p.ltd बाट जाडन भएको हो यस कंपनी ले hetauda, सिमरा र बीरगंज मा पनी जाडन भइसकेको छ।

पशुपतिमा जनताको रु ५४ करोड लगानी

काठमाडौँ, २४ असार । राष्ट्रिय गौरवको पशुपति क्षेत्रमा चार वर्षको अवधिमा रु ५४ करोड जनताको लगानी परिचालन भएको छ । पशुपति क्षेत्र विकास कोषले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका सदस्य सचिव डा गोविन्द टन्डनले प्रशासनिक सुधार गरी पारदर्शिताको सुरुआत गरिएको जानकारी दिएका छन् ।२०७० असार २५ गते नियुक्त भई काम सुरु गरेको कोषको पदाधिकारी समूहले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनका लागि यस अवधिमा पूर्वाधार विकासमा उल्लेखनीय काम गरेको जनाएको छ । यसैगरी वर्षौंदेखि अलपत्र बनेको भण्डारखालमा आकर्षक बगैँचा निर्माण कार्य अन्तिम चरणमा पुगेको, निर्मल अखडाअघि हंसमण्डप र विद्युतीय शवदाह गृह निर्माण गरी सञ्चालनमा आउनु पनि उदाहरणीय काम भएको डा टन्डनले बताए । भूकम्पले क्षतिग्रस्त जयबागेश्वरी मन्दिर पुनःनिर्माणका लागि कल्याण शर्माले रु तीन करोड लगानी गर्ने सम्झौता कोषसँग गर्नुभएको छ भने पशुपति क्षेत्रको चार शिवालय सत्तल पुनःनिर्माणका लागि रवीन्द्र पुरीले पनि कोषसँग रु तीन करोडको सम्झौता गरेका छन् । बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतले रु डेढ करोड सहयोगमा १२ कोठाको किरियापुत्री भवन निर्माणको स...

Break up Love😢😢👍

नराम्रो लागेको थियो । जब तिम्ले , `म तिम्रो हुन सक्दिन । अब मलाई बिर्सी देउ  । ´ भनेर गएकी थियौ । खुब रोएको थिए । बच्चा जस्तै । पीडाहरु खप्न नसकेर रोएको थिए । जताततै निस्पट अन्धकार । कालो - कालो । श्वास रोकिए जस्तो । लाग्थ्यो , अब मेरो जिन्दगीको  कुनै सार छैन ? एउटा बोझिलो जीवन । बाचे । खै ? कसरी बाचे ।  अझै पनि । स्मृतिका पानाहरु पल्टाउदा । मन भरिएर आउँछ ।              * * म सङ्ग एकै छिन नबोली रहन नसक्ने मान्छे । कसरी रहन सक्यो ? म बिना । त्यो त म कल्पना मात्र गर्न सक्छु । मोबाइलको रिङ्ग बज्दा , म्यासेज बक्समा म्यासेज आउदा , फेसबुक च्याटमा । तिम्रै आश रहन्थ्यो । र गर्थे पनि  । घण्टौ फोन , म्यासेज मा बोलेर । जब म , ` अब फोन राखौ है । ´ भन्थे  । तिमी भन्थ्यौ , ` बोल्न पनि न खोज्ने ।´ मेरो के लागोस । सारा काम थाती राख्दै । बोल्थे ।            * * खै ? कहाँ आएर चुक्यौ हामी । बर्शौ को लगन र परिश्रम ले हुर्काएको सम्बन्ध । क्षण भर मै भताभुङ्ग भयो कसरी ? जब तिम्ले हाम्रो ब्रेक अप भएको घोषण...