Skip to main content

Mero Bhanu ko chha ra || New Cover video song 2020

पहिरोले लार्चाको पुल बगायो, भोटेकोशी थुनिने जोखिम

९ साउन, सिन्धुपाल्चोक ।

अविरल वर्षाको कारण दुगुनामा गएको पहिरोले भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल पुर्ण रुपमा भत्काएको छ । पहिरोका कारण दुगुनाको डाँडा भास्सिएको छ र त्यसतलको लार्चाको पुल पनि पूरै भास्सिएको छ ।
गत असार २१ मा भोटेकोशीमा आएको पहिरोले क्षति पुगेको लार्चा पुल अहिले भने पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
‘पहिरोको ढिस्को भोटेकोसीमा परिरहेको छ, यसले भोटेकोसी थुनिएर बाढी आउने जोखिम बढेको छ’, सीमास्थित सशस्त्र प्रहरी बलका डीएसपी बिमल डाँगीले भने, ‘ लार्चाको पुल पूरा ध्वस्त भइसकेको छ, अझै वर्षा र पहिरो रोकिएको छैन
वर्षाका कारण दुगुनाको भीरबाट माटो खसिरहेको उनले बताए । जसका कारण कोदारी राजमार्गमा समेत क्षति पुगेको छ ।
कोदारी राजमार्गका दर्जनौ स्थानमा पहिरो खसिरहेको बेला थप लार्चा पुल भास्सिएपछि स्थानीयमा त्रास फैलिएको छ । ‘नदी आसपासका सबै स्थानीयमा त्रास बढ्दै गएको छ ,’ उनले भने ।
भोटेकोशी हाइड्रो पावरको क्षतिग्रस्त ड्यामका कारण जोखिम झन् बढेको स्थानीयको भनाइ छ ।
लार्चाका स्थानीय पदम श्रेष्ठका अनुसार त्रासका कारण स्थानीय निदाउन सकेका छैनन् । पहिरोले पुल भासिएपछि स्थानीयमा डर बढेको उनले बताए ।

Comments

Popular posts from this blog

जीतपुरमा सीसी कैमरा जाडन हुँदै

जीतपुरमा २५ ओटा सीसी कैमरा जाडन हुँदै। कैमरा राख्न का निम्ति उधोगबाणिज्य संघ,जितपुर सिमरानगरपालिका लगायत विभिन्न उद्योग कलकरखना एबम जितपुरबासीबाट सहयोग भई जीतपुर बासीको सुरक्षाको  निम्ति  हो। यस ठाउँ मा सीसी कैमरा www.cctvnepal.com.np.p.ltd बाट जाडन भएको हो यस कंपनी ले hetauda, सिमरा र बीरगंज मा पनी जाडन भइसकेको छ।